सामाजिक सुरक्षा बापत ५८ अर्ब ३९ करोड रुपैयाँ वितरण – Nepal Press

सामाजिक सुरक्षा बापत ५८ अर्ब ३९ करोड रुपैयाँ वितरण

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै कुल ३१ लाख ५० हजार १ सय ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्याङंक प्रस्तुत गरेको छ ।

समाजिक सुरक्षा भत्ता बापत करिव ५८ अर्व ३९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीबाट वितरण गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता बापत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर