माओवादीको ‘अनलाइन मिटिङ’ : वागमतीमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय – Nepal Press

माओवादीको ‘अनलाइन मिटिङ’ : वागमतीमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको ‘अनलाइन मिटिङ’ सकिएको छ। मंगलबार बसेको बैठकले प्रदेश सभामा सशक्त र रचनात्मक भूमिका निभाउने निर्णय गरेको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।

‘सरकारलाई पारदर्शी र जवाफदेही बनाउन, विधिमा चल्न र स्वेच्छचारिता निरूत्साहित गर्न यसअघि उठान गरेका विषयसहित सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगायतका निर्णय गरियो,’ उनले भने ।

बैठकले दलको विधानलाई आवश्यक संशोधनसहित पारित गरेको छ । त्यस्तै कोभिड-१९ लगायत स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारलाई दबाब दिने र प्रदेशको आवश्यकतालाई सम्बोधन गर्ने नीति कार्यक्रम र बजेट बनाउन दलको भूमिकालाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर