वनमन्त्री आलेको भाइरल तस्बिर: के हो वास्तविकता ? – Nepal Press

वनमन्त्री आलेको भाइरल तस्बिर: के हो वास्तविकता ?

सेती अस्पतालले भन्यो- मन्त्री आलेले व्यक्तिगत खर्चमा किनेर दिएका हुन्

कैलाली । सोमबार दिउँसोबाट सामाजिक सञ्जालमा अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेको तस्बिर भाइरल भयो । धेरैले चीनबाट अनुमादनमा आएको अक्सिजन सिलिण्डरमा मन्त्री आलेले आफ्नो तस्बिर राखेर प्रचार गरेको आरोप लगाए ।

तर, ठूलो संख्यामा मन्त्री आलेले नै व्यक्तिगत खर्चमा सिलिन्डर खरिद गरेर कैलाली र डोटीमा वितरण गरेको पाइएको छ । मन्त्री आलेले सोमबार डोटी अस्पतालको लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका थिए ।

तीमध्ये १५ सिलिन्डर अक्सिजन स्वास्थ्य सेवा विभागले दिएर र अन्य आफैले व्यक्तिगत खर्चमा किनेको उनका प्रेस सल्लाहकार विमल विष्टले बताए । डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० सिलिन्डर अक्सिजन , ४ वटा अक्सिजन कन्टेनर र १ लाख ५० हजार सर्जिकल मास्क वितरण गरेका थिए।

मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिएका छन् ।

अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिन्डरमा पनि व्यक्तिगत लगानी गरेको पोस्टर टाँसेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला आलेले आफूले आफ्नो व्यक्तिगत लगानीमा ११० सिलिन्डर अक्सिजन वितरण गरेका छन् ।

‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिन्डर वितरण गरेको छु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ मंगलबार बिहान सेती प्रादेशिक अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा आलेले भने ।

मन्त्री आलेले व्यक्तिगत रूपमा ५० हजार मास्क समेत सेती अस्पताललाई दिएका थिए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले मन्त्री आलेले व्यक्तिगत खर्चमा अस्पताललाई सहयोग गरेको बताएका छन् ।

‘हामीलाई केहि समय अघि नै मन्त्रीज्यूले सहयोग गर्ने बताउनु भएको थियो उनले भने उहाँले भने अनुसारको सहयोग व्यक्तिगत रूपमै उहाँले गर्नुभएको हो,’ जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पताल धनगढीले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

सेती प्रादेशिक अस्पतालले जेठ ७ गत नै विध म्यानेजमेन्ट प्रालिलाई अक्सिजन सिलिण्डर उपलब्ध गराइदिने भनी लेखेको पत्रमा मन्त्री आलेले सिलिण्डर व्यक्तिगत सहयोग उपलब्ध गराउन चाहेकाले मन्त्रीबाटै भुक्तानी लिन भनेको छ ।

कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षका कार्यकर्ताले सामाजिक सन्जालमा अनुदानको सिलिण्डरमा मन्त्रीको फोटो टाँसेको भनेर प्रचार गरे पनि वास्ताविकता त्यस्तो नरहेको सचिवालयको भनाइ छ ।

एमाले कार्यकर्ताले मन्त्रीको निजी खर्चमा किनिएका सिलिण्डर लगायत स्वास्थ्य सामाग्रीमा मन्त्रीको स्टिकर टाँसेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर