तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको आग्रह – Nepal Press

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकी प्रतिनिधिसभा विघटन भएर कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ ।

मिति तोकिए लगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुसँग बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्रीले निर्वाचन आयोगले आफ्नो तयारी थाल्नुपर्ने भन्दै निर्वाचन अपरिहार्य भएकाले मुलुक त्यसतर्फ अघि बढेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा आयोगका सबै आयुक्त सहभागी थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समेत बैठकमा सहभागी थिए ।

आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयार रहेको बताएका थिए ।


प्रतिक्रिया

One thought on “तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

  1. होइट अति गर्यो यो ओलि भन्ने जन्तुले जे हुनुपर्छ मेरै नेतृत्वमा हुनुपर्छ अन्यथा मान्दैनौ।नीति विधि केही मान्दिन मै नीति मै विधि यो ओलिको कस्तो लोकतन्त्र हो??सबै दल मिलेर समयमै घोक्रेठ्याक लगाउनु पर्छ यस्ता बेथितिका मान्छेलाइ।

Leave a Reply to krishna tamang Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर