चौलागाईको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका – Nepal Press

चौलागाईको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका

काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने वागमती प्रदेश अध्यक्ष तथा चौलागाईका राजनीतिक सहयात्री आनन्द पोखरेलले बताए ।

एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सक्ने तामाङले बताए ।

चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल,सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ,शेरवहादुर तामाङ, संचारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतका नेता पार्टी कार्यालयमा जम्मा भएका थिए ।

यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । चौलागाईको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर