२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी, मिठाइ खानू लड्डू चाहिँ नखानू – Nepal Press

२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी, मिठाइ खानू लड्डू चाहिँ नखानू

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएको भन्दै यसमा क्षमा हुन नसक्ने बताएका छन् ।

विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताएका हुन् ।

ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले नेपाल प्रेसलाई भने- आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी हो, यस्ताको जति निन्दा गरे पनि पुग्दैन । यसबारेमा पार्टीले निर्णय लिन्छ ।

बैठकमा प्रधानमन्त्री अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढ्यने विश्वस्त देखिएको ती मन्त्रीले बताए । ‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, केही चिन्ता छैन मिठाइ खाए हुन्छ तर लड्डू चाहिँ नखानू’ ओलीले मन्त्रीहरुलाई भने ।

प्रधानमन्त्रीले जुन प्रयोजनको लागि संसद बैठक बोलाइएको हो त्यसको काम सकिएपछि अधिवेशन अन्त गर्ने प्रस्ताव बैठकमा सुनाएका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास गएका छन् ।


प्रतिक्रिया

One thought on “२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी, मिठाइ खानू लड्डू चाहिँ नखानू

  1. वाजे हजुरपाे गद्दार हाेइसिन्छ नि । सजाय दिनुपर्ने मानुस वाट कसलेपाे माफिकाे अासा गरेकाे हुन्छ र ? सत्ताकाे लागि जती दाम्लाे चुडाउन खाेजे पनि काम लागेन । विमारि हुनुहुन्छ अाराम गर्नु । तपाइलाइ फेरि भाेट हाल्न जनतालाइ दुख नदिनु ।

Leave a Reply to कुराैटे Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर