सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो – Nepal Press

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्यमा एकैदिन १ हजार १ सयले वृद्धि भएको छ । विहीबार सुन तोलाको ९० हजार ६ सय कायम भएको थियो ।

आज तोलामा ११ सयले बढ्दै प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर