भाेलिदेखि श्रम स्वीकृति लगायतका काम अनलाइनबाट मात्र हुने – Nepal Press

भाेलिदेखि श्रम स्वीकृति लगायतका काम अनलाइनबाट मात्र हुने

काठमाडौँ । सरकारले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पूनः श्रम स्वीकृति दिन बन्द गरेकाे छ ।  वैदेशिक रोजगार विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेकाे सेवा स्थगित गर्ने  तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने व्यवस्था गरेकाे हाे ।

मुलुकभरका ५९ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी रहेकाले निषेधाज्ञाको समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवा स्थगित गर्ने निर्णय भएको बैदेशिक राेजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले नेपाल प्रेसलाई जानकारी दिए ।

विभागको निर्देशन अनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रुपमा उपस्थित भै लिइने सेवा (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

वैदेशिक राेजगार कार्यालय ताहाचलले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता काम सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर