आजदेखि बेलुका पसल खोल्न नपाइने – Nepal Press

आजदेखि बेलुका पसल खोल्न नपाइने

काठमाडौं । निषेधाज्ञाको अवधीमा बेलुका पसल खोल्न नपाइने भएको छ ।

उपत्यकाका तीन जिल्ला सीडीओहरुको मंगलबार बसेको बैठकले संक्रमणको जोखिम न्यूनीकरण गर्न बिहान ९ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबारदेखि बेलुका पसल खोल्न नपाइने बताए । बेलुका समेत पसल खोल्न दिँदा भीडभाड बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको प्रशासनको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर