विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा – Nepal Press

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति/अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ,’ थापाले भनेका छन्, ‘नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने । कांग्रेस र जसपा अग्निपरीक्षामा छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा सदनबाट विश्वासको मत लिँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर