शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन : उपेन्द्र यादव – Nepal Press

शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादीि पार्टीका अध्यक्ष उपेन्द्र यादवले शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन भएको दावी गरेका छन् ।

आइतबार अबेर एक विज्ञप्ति जारी गर्दे यादवले भनेका छन्–हाम्रो पार्टी लगायतको विपक्षी गठबन्धनले प्रस्तावित गरेको मुख्यमन्त्रीका उम्मेदवार कुल प्रसाद केसीलाई समर्थन गरिसकेको स्थितिमा प्रदेश प्रमखले पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन पनि हो।’

यसअघि प्रायः जसपाको विज्ञप्ति अर्का अध्यक्ष महन्थ ठाकुरले जारी गर्ने गर्थे। लुम्बिनी प्रकरणमा उपेन्द्रको मात्रै विज्ञप्ति आउनुले जसपा भित्रको सम्भावित विभाजनको संकेत गर्छ।

यादवले प्रदेशसभाको बहुमतअनुरूप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान समेत गरेका छन्।

‘तसर्थ हाम्रो पार्टी लुम्बनी प्रदेशमा घटेका यी असंवैधानिक कदमको कडा विरोध तथा भत्सर्ना गर्नुका साथै नेपालको संविधानबमोजीम विधि र प्रक्रियालाई अविलम्ब सुचारू गर्न तथा प्रदेशसभाको बहुमतअनुरूप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा जसपाको उपेन्द्र–बाबुराम पक्ष पनि सहभागि भएको थियो । ठाकुर पक्षका चार सांसद त्यसविपरित गएर सरकारमा सहभागि भए पनि उनीहरुलाई कारबाही गरिएको थियो ।

यसले जसपा भित्र ठूलो असन्तुष्टि सिर्जना भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर