विमला खत्रीको अपहरण भयोः एमाले, हामीसँगै हुनुहुन्छः माओवादी – Nepal Press

विमला खत्रीको अपहरण भयोः एमाले, हामीसँगै हुनुहुन्छः माओवादी

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सांसद विमला ओली खत्रीको अपहरण भएको आरोप लगाएको छ । सो पार्टीका प्रमुख सचेतक भुमिश्वर ढकालले भने, माननीय विमला ओलीको अपहरण भएको छ, उहाँको अवस्था प्रष्ट भएपछि मात्र अरु प्रकृया अगाडि बढ्छ ।’

विमलाको नाममा केही समय अगाडि एमाले छाडेर माओवादीमा लागेको पत्र सार्वजनिक भएको छ । अहिले उनी मिडियाको सम्पर्कमा छैनन् । यो विषयमा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले अनावश्यक हल्ला भएको बताए । उनले भने, ‘उहाँ हामीसँग हुुनुहुन्छ, एमाले छाडेपछि यस्तो हल्ला गरेर केही हुँदैन ।’

ओलीले एमाले छाडेको खबर लिएर माओवादी र कांग्रेसका सांसदहरु प्रदेश प्रमुख धर्मनाथ यादवकहाँ पुगेका छन् । कांग्रेस प्रमुख सचेतक फखुरुद्दिन खानले शंकर पोखरेलको बहुमत गुमेको जानकारी गराएर आएको र केही समयमा हस्ताक्षसहित जाने तयारी भएको नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर