नबिल बैंक र युनाइटेड फाइनान्स मर्ज हुने – Nepal Press

नबिल बैंक र युनाइटेड फाइनान्स मर्ज हुने

काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्स कम्पनी मर्जका लागि सहमत भएका छन् ।

नबिल बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँका दरले प्राप्तिका गर्ने समझदारी गरेको छ । प्रारम्भिक सहमतिनुसार प्राप्ति पश्चात यूनाइटेड फाइनान्सका १०० कित्ता सेयर हुनेले ३५ कित्ता सेयर प्राप्त गर्ने भएका छन् ।

यि दुबै वित्तीय संस्थामा विदेशी लगानी भएका संस्थाहरु हुन । नबिल बैंकको ५० प्रतिशत विदेशी लगानी रहेको छ भने युनाइटेडमा मुत्थूट फाइनासको लगानी रहेको छ ।

नबिल बैंकसँग बिभिन्न बैंक तथा वित्तीय संस्था नाम जोडर मर्जरको हल्ला चलाइएको थियो । एनसीसी बैंक र नबिल बैंक मर्जका हल्लाले एनसीसी बैंकको सेयर ह्वातै बढाइएको थियो ।

यो बैंक नेपालको सबैभन्दा बढी मुनाफा कमाउने बैंक भएकाले लगानीकर्तालाई उच्चतम प्रतिफल दिदै आएको छ । एक्वायर भएका दुबै कम्पनीमा चौधरी समूहको लगानी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर