रुपन्देहीमा एकैदिन २२७ कोरोना संक्रमित थपिए – Nepal Press

रुपन्देहीमा एकैदिन २२७ कोरोना संक्रमित थपिए

रूपन्देही । रूपन्देहीमा पछिल्लो २४ घण्टामा रर २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरमा मात्र ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ भने ८११ जना होम आईशोलेसन, स्थानीय तहको आइशोलेसन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमित थपिएसँगै रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेडहरु भरिभराउ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा रहेको २२ वटा आईसीयू सबै भरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्शन केदार साहले जानकारी दिए । साहका अनुसार भिम अस्पतालको ९ र बुटवलको कोरोना बिशेष अस्पतालको १३ वटा आईसीयू बेड सबै भरिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भिर प्रकृतिका संक्रमितलाई फिभर क्लिनीकमा सेवा दिईएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले बताए । केही सातायता कोरोनाको संक्रमितले बेड पाउन छाडेपछि निजी अस्पतालमा पनि सेवा शुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर