युवतीद्वारा बलात्कारको उजुरीपछि दाङमा एकजना पक्राउ – Nepal Press

युवतीद्वारा बलात्कारको उजुरीपछि दाङमा एकजना पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती करणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही-५ धारपानीका ४० वर्षीय सिताराम चौधरी छन् ।

घोराहीको एक होटलमा आफूलाई लगेर इच्छाविपरीत बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

प्रहरीले चौधरीमाथि जबरजस्तीकरणीको मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालेको छ । यौनसम्पर्क गर्दा प्रयोग गरेको वीर्यसहितको कण्डम बरामद गरिएको प्रहरीले जनाएको छ ।

अस्पतालमा युवतीको स्वास्थ्य परीक्षण भइरहेको र आवश्यक परे डीएनए परीक्षणको तयारी भएको प्रहरीको भनाइ छ ।

चौधरीले भने सहमतिमा यौन सम्पर्क गरेको भन्दै बलात्कार आरोप अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *