माधव नेपाललाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा (भिडियाे) – Nepal Press

माधव नेपाललाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा (भिडियाे)

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने जिकिर गरेका हुन् ।

‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ,’ थापाको भनाइ छ, ‘भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर