कुशलको लगातार दोस्रो अर्धशतक! – Nepal Press

कुशलको लगातार दोस्रो अर्धशतक!

काठमाडौं । कुशल भूर्तेलले नेपालमा जारी ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनिङमा आएका कुशलले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ३ चौका र ५ छक्कासहित अर्धशतक पूरा गरे ।

यसै सिरिजमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले शनिबार भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर