त्रीदेशीय क्रिकेट सिरिजमा नेपालले आज मलेसियासँग खेल्दै – Nepal Press

त्रीदेशीय क्रिकेट सिरिजमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले आफ्नो दोस्रो खेल आज मलेसियासँग खेल्दैछ ।

त्रिवि क्रिकट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । अघिल्ला खेल जितेको नेपाल र आइतबार नेदरल्याण्ड्सँग पराजित मलेसियाबीचको खेल रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ ।

नेदरल्याण्ड्सबिरुद्ध डेब्यूमै सनसनी मच्चाएका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई प्रशिक्षक डेभ ह्वाटमोरले आज पनि निरन्तरता दिनेछन् । कप्तान ज्ञानेन्द्रबाहेक अन्य ब्याट्सम्यानको परीक्षण हुन बाँकी छ ।

सम्भवतः प्रशिक्षक ह्वाटमोरले नेदरल्याण्ड्ससँग खेलेको टिमलाई नै निरन्तरता दिनेछन् । यसो हुँदा नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, साहव आलम, सुशान भारी र अविनाश बोहोरा ।

नेदरल्याण्ड्ससँग १५ रनले हारेको मलेसियाका लागि विरनदीपले ८७ रनको शानदार इनिङ्स खेलेका थिए । विशेष गरी मलेसियाको मध्यक्रमले सधैं राम्रो प्रदर्शन गर्ने गर्छ ।

पछिल्लोपल्ट डेढ वर्षअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजनमा नेपाली टोली मलेसियासँग पराजित भएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ३ पल्ट जितेको छ भने मलेसियाले १ पल्ट जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर