टेलिकमको टावरबाट तामाको तार चोरी गर्ने पक्राउ – Nepal Press

टेलिकमको टावरबाट तामाको तार चोरी गर्ने पक्राउ

बाजुरा । बाजुराको गौमुल गाउँपालिका १ पोखरास्थित नेपाल टेलिकमको टावरबाट करिब ५२ किलोग्राम
तौल भएको तामाको तार चोरी भएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा आछाम, सांफे नगरपालिका -१३ बस्ने ३० वर्षीय सुरेन्द्र बाब्ली र बाजुरा बुढिगंगा नगरपालिका-६
फालसैनस्थित ग्रिल उद्योगमा काम गर्ने भारत पिलिभित मैनाली घर भएका १९ वर्षीय तटसिर रजरनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्रिवेणी नगरपालिका- ३ स्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार काटेर चोरी गर्दै गरेको अवस्थामा प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले सुरेन्द्र बाब्लीलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्ने क्रममा उनले  लिकमको टावरमा रहेको तामाको तार चोरी गरी तटसिर रजरनलाई बिक्री गरेको गर्ने गरेको खुल्न आएको छ ।

प्रहरीले तटसिर समेतलाई प्रहरीले पक्राउ गरेको हो । साथै तटसिरको डेराबाट चोरी भएको तामाको तार समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर