प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने – Nepal Press

प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । यससँगै कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । प्रतिनिधिसभा पुनःस्थापनापछि पटक–पटक बैठक बसे पनि शोक प्रस्ताव पेस हुनेबाहेक अरु बिजनेश अघि बढेको छैन ।

माओवादी केन्द्रलगायत केही दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने रणनीति बनाएका छन् । तर राजनीतिक अन्योलले उक्त प्रस्ताव के गर्ने ? भन्नेमा विपक्षी दलहरु नै अलमलमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर