कट्रिना र अक्षयको ‘सूर्यवंशी’ बैशाख १७ गते विश्वभर रिलिज हुने – Nepal Press

कट्रिना र अक्षयको ‘सूर्यवंशी’ बैशाख १७ गते विश्वभर रिलिज हुने

मुम्बइ- अक्षय कुमार र कट्रिना क्याफ स्टारर फिल्म ‘सूर्यवंशी’को रिलिज मिति अन्ततः घोषणा भएको छ ।

आइतबार जन्मदिन मनाइरहेका निर्देशक रोहित सेठ्ठीले प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म अप्रिल ३० (बैशाख १७) गते रिलिज हुने भएको छ ।

कोरोनाभाइरस महामारीको कारण गतवर्ष यो फिल्मको प्रदर्शन रोकिएको थियो । अक्षय र कट्रिनाले इन्स्टाग्राममार्फत प्रदर्शन मिति समेत सार्वजनिक गरेका छन् ।

उक्त दिनमा यो फिल्म विश्वव्यापी प्रदर्शन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर