प्रधानमन्त्रीसँग वार्ता सकेर निस्किए जसपाका नेताहरु – Nepal Press

प्रधानमन्त्रीसँग वार्ता सकेर निस्किए जसपाका नेताहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ ।

वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन् । त्यही सिलसिलामा पार्टीका प्रमुख पाँच नेताहरुसँग उनले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग जसपाको वार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘आजको वार्ता सकारात्मक रह्यो, भोलि पनि कार्यदलस्तरमा वार्तालाई निरन्तरता दिने कुराकानी भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर