सेनालाई विवादमा तान्ने प्रयासप्रति सजग र सतर्क रहनुपर्छ : प्रधानमन्त्री (भिडियो) – Nepal Press

सेनालाई विवादमा तान्ने प्रयासप्रति सजग र सतर्क रहनुपर्छ : प्रधानमन्त्री (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरूप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे ।

‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने, नेपाली सेनाका सदासहायतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरु उचाल्ने । त्यस्तो कुराहरु गर्नहुदैन । नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरुसँग सतर्क हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपूर्ण योगदानप्रति प्रधानमन्त्रीले सेनाको प्रशंसा गरेका छन् । हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको भन्दै ओलीले नेपाल नयाँ युगको उचाइमा प्रवेश गरेको बताए ।

सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरू हटेकाले अब नेपाल सजिलै समृद्धिको बाटोमा अघि बढ्ने विश्वास प्रधानमन्त्रीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर