सांसदहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू – Nepal Press

सांसदहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू

काठमाडौं । फागुन २३ देखि शुरू हुने संघीय संसद अधिवेशनको लागि सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई आजदेखि सिभिल अस्पतालमा खोप लगाउन थालिएको हो ।

सभामुख अग्नि सापकोटा, प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष प्रचण्डलगायतले खोप लगाइसकेका छन् ।

खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

आज सांसदहरूले खोप लगाउनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर