पुडासैनीसहित ५ जना सहन्यायाधिवक्तामा बढुवा – Nepal Press

पुडासैनीसहित ५ जना सहन्यायाधिवक्तामा बढुवा

काठमाडौं । सरकारले कृष्ण प्रसाद पुडासैनीसहित ५ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा गत शुक्रबार‌ बसेको मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी सरह अर्थात उपसचिव कृष्ण प्रसाद पुडासैनीसहित ५ जनालाई राजपत्रांकित प्रथम श्रेणी सरह अर्थात सहसचिव सहन्यायाधिवक्तामा बढुवा गरेको हाे ।

यस्तै गत मंगलबार र शुक्रबार‌ बसेकाे मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले दुर्गा भगवती गाउँपालिका ३ रौतहटका झालाई प्रबन्धमा नियुक्त गरेको हो ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा नेपाल न्याय, सेवा, कानून समुहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । संघीय मामिला तथा सान्य प्रशासन मन्त्रालयको सिफारिसमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, राजपत्रांकित द्धितिय श्रेणीका सिनियर डिभिजनल इन्जियिनयर ध्रुव प्रसाद पौडेलाई सोही सेवा, समूहको राजपत्रांकित प्रथम श्रेणीको प्राविधिक सहसचिव बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

मन्त्रालयकै सिफारिसमा सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवको पदस्थापन तथा सरुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्राविधिक सहसचिव डा. श्रीराम घिमिरेलाई तोक्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर