सुवास नेम्वाङको दाबी- प्रधानमन्त्री अदालतप्रति विश्वस्त हुनुहुन्छ, मलाई उहाँको साह्रै विश्वास लाग्छ (भिडियो) – Nepal Press

सुवास नेम्वाङको दाबी- प्रधानमन्त्री अदालतप्रति विश्वस्त हुनुहुन्छ, मलाई उहाँको साह्रै विश्वास लाग्छ (भिडियो)

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा केपी ओली पक्षीय नेकपाका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले फागुन १५ भित्रमा प्रतिनिधिसभा विघटनलाई सदर गर्दै आफ्नो फैसला दिने दाबी गरेका छन् ।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै नेम्वाङले भने- म त कानूनको विद्यार्थी भएकाले फैसलाअघि केही टिप्पणी गर्न चाहन्नँ । तर, हाम्रो प्रधानमन्त्री शतप्रतिशत विश्वस्त हुनुहुन्छ प्रतिनिधिसभा विघटन सदर हुन्छ भन्नेमा । अनि मलाई उहाँप्रति साह्रै विश्वास छ ।

नेम्वाङले अदालतले फैसला गरेको भोलिपल्टै सबै दलले वक्तव्य निकालेर चुनावको तयारी गर्ने दाबी समेत गरे । प्रचण्ड–माधव नेपालको समूह पनि चुनावकै तयारीमा देश दौडाहामा रहेको नेम्वाङले बताए ।

नेम्वाङले गुमेको भूभाग फिर्ता ल्याउन खोज्दा पार्टीभित्रैबाट प्रधानमन्त्रीलाई अवरोध भएको आरोप लगाए । उनले संसदबाट दुई तिहाइ बहुमतको सरकारलाई कामै गर्न नदिइएपछि ताजा जनादेशमा जानुपरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर