प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य पेरिसडाँडामा, आकस्मिक बैठक बस्दै – Nepal Press

प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य पेरिसडाँडामा, आकस्मिक बैठक बस्दै

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक आकस्मिक रुपमा बोलाएको छ ।

नागरिकता र परिचयपत्र सहित केन्द्रीय सदस्यहरु पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुग्ने क्रम जारी रहेका बेला बैठक बोलाइएको हो ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता नदिने बुझेपछि प्रचण्ड–माधव पक्षले वहुमत केन्द्रीय सदस्यहरुको नागरिकतासहित आयोगमा गएर दबाब दिने तयारी गरिरहेको छ ।

सोही प्रयोजनको लागि बैठक बस्न लागेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले नेपालप्रेसलाई बताए । आयोगले वहुमत पक्षलाई आधिकारिकता नदिए दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ ।

पेरिसडाँडामा अहिले केन्द्रीय सदस्यहरुको नागरिकता संकलन तथा हस्ताक्षर गर्ने क्रम चलिरहेको छ ।

नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीको वहुमत आफ्नो पक्षमा रहेको प्रचण्ड माधव पक्षले जनाएको छ । आयोगले भने पुस ५ गते प्रतिनिधिसभा विघटनपछि नेकपाका दुवै पक्षले गरेका निर्णयलाई मान्यता नदिने भनिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर