विश्व नम्बर एक बार्टीलाई हराउँदै मुचोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा – Nepal Press

विश्व नम्बर एक बार्टीलाई हराउँदै मुचोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएकी छन् ।

बुधबार भएको खेलमा २५औं बरियताकी क्यारोलिना मुचोभालाई १–६, ६–३, ६–२ को नतिजामा पराजित भएसँगै शीर्ष बरियताकी बार्टी वर्षको पहिलो ग्राण्डस्लामबाट बाहिरिएकी हुन् ।

बार्टीलाई पराजित गरेकी २४ वर्षीया मुचोभा कुनै पनि ग्राण्डस्लामको सेमिफाइनलमा पहिलो पटक पुगेकी हुन् । गतवर्ष दोस्रो चरणबाटै बाहिरिएकी मुचोभाले २९-१८ ग्राण्डस्लामा डेब्यू गरेकी थिइन् ।

करियरको पहिलो फाइनल प्रवेशका लागि मुचोभाले २२औं बरियताकी अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

विश्व बरियताको तेस्रो स्थानकी नाओमी ओसाका पनि सेमिफाइनलमा पुगिसकेकी छिन् । उनले फाइनल प्रवेशका लागि २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

विलियम्स विश्व नम्बर दुई सिमोना हालेपलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा आइपुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर