श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ – Nepal Press

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापा । आफनै श्रीमतीको हत्या गरेको आरोपमा झापामा एक पुरुष पक्राउ परेका छन् ।

६० वर्षीया श्रीमती फिल्सिता उराउको भद्रपुर नगरपालिका -७ बुथकरण चिया बगानको क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवाद भई झगडा हुँदा सोही चिया बगानमा काम गर्ने साहेबाले ढुङ्गाले प्रहार गर्दा उनको श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर