बैतडीमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, नेता साउदसहित चार घाइते – Nepal Press

बैतडीमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, नेता साउदसहित चार घाइते

बैतडी । बैतडीमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी गराएको छ ।

झडपमा कांग्रेसका एनपी साउदसहित केही व्यक्ति घाइते भएका छन्। कांग्रेसको आमसभामा ढुंगामुढा भएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

घटनास्थलतर्फ प्रहरी टोली गइसकेको जनाएको छ । ‘हामी घटना स्थल तर्फ गइरहेका छौँ त्यहाँ पुगेपछि घटनाबारे थप जानकारी आउँछ’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।

कांग्रेसको कार्यक्रममा एनपी साउद ,नेतृ डिला सङ्ग्रौला,र नैनसिंंह महर लगायतको सहभागिता रहेको थियो । झडप कसरी भएको थियो भन्ने बारे घटना स्थलमा पुगेपछि प्रस्ट हुने डिएसपी अधिकारीले बताए ।

कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेस नेता नैनसिंह महरले गाउँपालिका अध्यक्ष सुरेन्द्र पालका छोराको अगुवाईमा आक्रमण भएको नेपालप्रेसलाई बताए । महरका अनुसार आक्रमण गर्नेहरु केपी ओली पक्षीय नेकपाका कार्यकर्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर