सरकारको वार्षिकोत्सव समारोह ओली पक्षद्वारा बहिष्कार – Nepal Press
कर्णाली प्रदेश

सरकारको वार्षिकोत्सव समारोह ओली पक्षद्वारा बहिष्कार

कांग्रेसबाट एकजना सांसद मात्रै उपस्थित

सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहलाई नेकपाको ओली पक्षले बहिष्कार गरेको छ भने नेपाली कांग्रेसबाट एक जना सांसद मात्रै सहभागी छन् । समारोहमा नेपाली कांग्रेसबाट सांसद अमृता शाही सहभागी भएकी छिन् ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै ६ जना मन्त्री, उपसभामुख पुष्पा घर्ती, प्रचण्ड–माधव पक्षको दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु बिन्दमान बिष्ट, सुशीलकुमार थापा, पद्मा खड्का, वीरबहादुर शाही , गणेशबहादुर सिंहको सहभागिता छ ।

प्रदेशसभामा नेकपाका ३३ सदस्य छ्न् । तीमध्ये २२ जना प्रचण्ड–माधव पक्षका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर