फिल्म ‘तिम्रो मेरो साथ’ इन्डकल्याप : अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने – Nepal Press

फिल्म ‘तिम्रो मेरो साथ’ इन्डकल्याप : अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । सुन्दर सहर पोखरामा एकसाता छायांकन गरिएपछी इन्ड-कल्याप गरिएको हो ।

शनिबार यसबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन आयोजना गरियो । फिल्मका निर्माता, निर्देशक तथा गीतकार रमेश एमके पौडेलले छायाँकन अबधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । ‘छायांकन सकिएको घोषणा गर्न पाएकोमा हामी दंग छौँ’ –उनले भने ‘यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र बिश्वासमा छौं ।’

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको प्रेसमिटमा अभिनेता नायक पुष्प खड्काले फिल्म राम्रो बनेको दाबी गरे । सबै वर्गका दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको उनले बताए ।

अभिनेता सन्दिप क्षेत्रीले यो फिल्मले आफ्नो कलाकारिता यात्रामा नयाँ फड्को मार्ने दाबी गरे । फिल्म लेखक तथा कार्यकारी निर्माता सबिर श्रेष्ठ, छायाँकार शिब ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि फिल्मबारे बारेमा बोलेका थिए ।

दुई करोड हाराहरीमा लगानी रहेको बताइएको छ । नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशबाट प्रदर्शनमा ल्याउने निर्माताको तयारी छ । नेपालमा भने दशै र तिहारको बिचको समयमा रिलिज गरिने भएको छ ।

बोधी एचडी र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममामा पुष्प खड्का , साम्राज्ञी शाह , सरोज खनाल , सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर