महिला लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ? – Nepal Press

महिला लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा उक्त मिति परिवर्तन गरि आजबाट आईपीओ निष्कासन भएको हो ।

१ सय रुपैयाँ दरको ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ । इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर