युरोपेली च्याम्पियन बायर्नलाई क्लब विश्वकप उपाधि – Nepal Press

युरोपेली च्याम्पियन बायर्नलाई क्लब विश्वकप उपाधि

एजेन्सी । बेन्जामिन पाभार्डको एकमात्र गोलको सहयोगमा मेक्सिकोको टाइगर्स क्लबलाई पराजित गरी जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बायर्नले पछिल्लो ९ महिनामा छैटौं उपाधि उचालेको हो ।

बायर्नले युइएफए सुपर कप, जर्मन सुपर कप, अहिले क्लब विश्वकप जित्यो । पछिल्लो सिजन उसले च्याम्पियन्स लिगसहित तीन ठूला उपाधि जितेको थियो ।

५९ औं मिनेटको पाभार्डको गोललाई सुरुमा रोवर्ट लेबाण्डोस्की अफसाइडमा रहेका कारण अमान्य घोषणा गरिएको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले हेर्दा त्यस्तो देखिएन ।

पहिलो हाफमा पनि जोसुवा किमिचले गोल गरेका थिए र भारले नै अमान्य घोषित गरिदिएको थियो ।

पछिल्लो ८ संस्करणदेखि क्लब विश्वकपमा युरोपियन च्याम्पियनमात्र विजेता रहँदै आएका छ । पछिल्लो संस्करण लिभरपुलले जितेको थियो ।

मध्य र उत्तर अमेरिकी क्षेत्रबाट पहिलोपल्ट क्लब विश्वकपको फाइनलमा पुग्ने कीर्तिमान बनाएको टाइगर्सले युरोपेली र दक्षिण अमेरिकी च्याम्पियनबिरुद्धको प्रदर्शन भने प्रभावशाली गर्न सकेन ।

फ्रान्सका पूर्व स्ट्राइकर आन्द्रे पिएर्रे गिग्नाक फाइनलमा गोल गर्न असफल भए । तर ३ गोलका साथ उनले ‘गोल्डेन बुट’ जिते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर