रामचन्द्र कुटिएपछि मात्रिका सडकमा, लाठी बोकेर बजार बन्द गराउँदै कार्यकर्ता – Nepal Press

रामचन्द्र कुटिएपछि मात्रिका सडकमा, लाठी बोकेर बजार बन्द गराउँदै कार्यकर्ता

जनकपुरधाम । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रचण्ड–माधव नेपाल समूहका नेता रामचन्द्र झा घाइते भएपछि नेता मात्रिका यादव सडकमा निस्किएका छन् । यादवको नेतृत्वमा प्रदर्शनकारीहरुले जबर्जस्ती बजार पसल बन्द गराइरहेका छन् ।

प्रदर्शनकारीले ठूला–ठूला भाटा बोकेर स्थानीयलाई बजार पसल बन्द गर्न दबाब दिइरहेका छन् ।

केही समयअघि जनक चोकमा बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा नेता झा घाइते भएका हुन् । घाइते झाको टाउकोमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

झडपपछि प्रदर्शनकारी झन् आक्रामक ढंगमा प्रस्तुत भएका छन् ।

केहीबेर अघि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहारसँगै हवाई फायर समेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर