मिस नेपाल अनुष्का क्यान्सरविरुद्धकी सद्भावना दूत, मनिषा भन्छिन् : स्वस्थ लाइफस्टाइल जरुरी – Nepal Press

मिस नेपाल अनुष्का क्यान्सरविरुद्धकी सद्भावना दूत, मनिषा भन्छिन् : स्वस्थ लाइफस्टाइल जरुरी

काठमाडौं । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ क्यान्सरविरुद्धको सद्भावना दूत घोषित भएकी छिन् । विश्व क्यान्सर दिवसको अवसरमा विहिबार रोटरी क्लबले मिस नेपाल २०१९ की विजेतालाई दूतमा नियुक्त गरेको हो ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार अनुष्का इन्ड सर्भिकल क्यान्सर कार्यक्रमको दूत घोषित भएकी हुन् । रोटरी इन्टरनेसनलले अनुष्कासहित लेखक कर्ण शाक्यलाई पनि भर्चुअल कार्यक्रममा अतिथि बनाएको थियो ।

यसैबीच क्यान्सरबाट निको भएकी अभिनेत्री मनिषा कोइरालाले क्यान्सविरुद्ध एकजुट सामूहिक खाँचो जरुरी भएको बताएकी छिन् । स्वस्थ जीवनशैली अपनाउनुपर्ने र सचेतना जरुरी भएको मनिषाले जनाएकी छिन् । मनिषाले विहिबारै आयोजित क्यान्सरविरुद्धको भर्चुअल कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर