रिट निवेदकका तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस हुने – Nepal Press

रिट निवेदकका तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा रिट निवेदकहरूको तर्फबाट जारी बहस आइतबारदेखि सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ भइरहेको छ । सोमबारदेखि सरकारको तर्फबाट बहस हुने अदालत स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी प्रतिनिधि सभाको नयाँ चुनाव घोषणा गरेपछि सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर