नवनियुक्त अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई नेपालको बधाई – Nepal Press

नवनियुक्त अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई नेपालको बधाई

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नवनियुक्त अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन् ।

उनको कार्यकालमा नेपाल र अमेरिकाबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ र विस्तार हुने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपालको सामाजिक एवं आर्थिक विकासमा भएको अमेरिकी बहुपक्षीय लगानीको प्रशंसा गर्दै मन्त्री ज्ञवालीले द्धिपक्षीय सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तन, कोरोना महामारी नियन्त्रण र विश्व स्वास्थ्यजस्ता साझा चासोका विषयमा सँगै मिलेर काम गर्न नेपाल तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर