प्रधानमन्त्रीप्रति नारायण वाग्लेको आक्रोशः मन्दिर धाउँदैछन्, संविधान पढेका छन् कि छैनन् ? – Nepal Press

प्रधानमन्त्रीप्रति नारायण वाग्लेको आक्रोशः मन्दिर धाउँदैछन्, संविधान पढेका छन् कि छैनन् ?

लेखक पत्रकार नारायण वाग्ले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका कटुआलोचकका रूपमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्रीले गरेको संसद विघटनविरुद्धकोआन्दोलन निकै सक्रियता देखाइरहेका वाग्लेले हिजोको बालुवाटार घेराउ कार्यक्रममा आक्रामक भाषण गरेका थिए ।

एउटा पिपलको रुखमुनि उभिएर वाग्लेले गरेको भाषणको एउटा अंश अहिले भाइरल भइरहेको छ सामाजिक सञ्जालमा । निधारमा माटोको कालो टिका लगाएका, पछाडि झोला भिरेका, आधा ज्याकेटलगाएका वाग्ले हेर्दै क्रान्तिकारी देखिएका थिए । भाषणमा उनी प्रधानमन्त्री ओलीमाथि खनिए । कसैले कागजको एउटा चिर्कटो दिएपछि उनले धर्मको विषयमा बोलेको भिडियोमा देखिन्छ ।

ओलीले संविधानविपरीत मन्दिर बनाउने कुरा गरेको र पूजा-आरती गर्दै हिँडेको उनले आरोप लगाएका छन् । ओलीको नाम नलिइकन वाग्लेले भने, ‘जो बालुवाटारमा बसेका छन् उनी पहिले देशभरि मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजा-आरती गर्दै हिँडिरहेका छन् उनले संविधान पढेका छन् कि छैनन् ? जुन संविधानमा लेखिएको छ धर्मनिरपेक्षता ।’

वाग्लेले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधत्व खल्बल्याउन खोजेको आरोप लगाए । सहिदहरुलाई सम्झिने माग महिनामा प्रधानमन्त्री मन्दिर-मन्दिर हिँडिरहेको उनको टिप्पणी छ ।

यसैबीच, वाग्लेले भनेको कुरालाई फरक किसिमले प्रस्तुत गरेर एउटा स्क्रिनसट ट्वीटरमा भाइरल भएको छ । कृष्ण भट्टराई (सुनसरी) ले वाग्लेलाई मेन्सन गर्दै उक्त भिडियो ट्वीटरमा राखेका छन् । आफूले नभनेको कुरा प्रचारित गरिएको भन्दै वाग्लेले चित्त दुखाएका छन् । उनले लेखेका छन्, ‘ मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? किन ? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है ! (हेर्नुस् भिडियो)


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीप्रति नारायण वाग्लेको आक्रोशः मन्दिर धाउँदैछन्, संविधान पढेका छन् कि छैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर