अविश्वास प्रस्तावबारे धारणा बनाउन देउवा निवासमा कांग्रेस बैठक – Nepal Press
बागमती प्रदेश

अविश्वास प्रस्तावबारे धारणा बनाउन देउवा निवासमा कांग्रेस बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे धारणा बनाउन नेपाली कांग्रेसका नेताहरुको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरमा सुरु हुने बैठकमा कांग्रेस पदाधिकारी र प्रदेश ३ का केन्द्रीय सदस्यहरु सहभागी हुँदैछन् ।

सभापति देउवाले बागमती प्रदेशकै नेताहरुसँगको परामर्शमा उपयुक्त निर्णय लिनेगरी बैठक बोलाएका हुन् । यसअघि प्रदेश एकका विषयमा बुधबार देउवाले  प्रदेशका नेताहरुसँग छलफल गरेका थिए ।

कांग्रेसमा प्रदेश १ र वागमतीका मुख्यमन्त्री शेरधन राई तथा डोरमणि पौडले विरुद्धको अविश्वास प्रस्तावमा के गर्ने भन्ने बारे निर्णय गर्न देउवामाथि दबाब छ ।

प्रदेश-१ मा प्रचण्ड माधव पक्षले भीम आचार्य र वागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएका छन् । कांग्रेसलाई दुवै पक्षले सत्ता सहकार्यको प्रस्ताव राखेका छन् ।

दुवै प्रदेशमा सरकार ढाल्न र टिकाउन कांग्रेसको संख्या निर्णायक भएकाले देउवाले छलफल गरिरहेका छन् । कांग्रेसको प्रदेश संरचना नरहेकाले केन्द्रबाटै निर्देशन दिइने स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर