कमल थापा भन्छन् – प्रतिनिधिसभा विघटन प्रतिगमन वा ‘कु’ होइन – Nepal Press

कमल थापा भन्छन् – प्रतिनिधिसभा विघटन प्रतिगमन वा ‘कु’ होइन

अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो,ताजा जनादेश उपयुक्त

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु वा ‘कु’ भयो भन्नु निरर्थक रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त हुने दोहोर्‍याएका छन् ।

विभाजित नेकपाको प्रचण्ड-माधव पक्ष र जसपाको बाबुराम उपेन्द्र पक्षले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम र प्रधानमन्त्रीले संविधानको वलात्कार गरेको आरोप लगाइरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।

सामाजिक सञ्जालमार्फत पछिल्लो विवादबारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास,संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचार कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताएका छन् ।

थापाले भनेका छन्–संसद विघटनको निर्णयले प्रतिगमन भयो, कु भयो,संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु गत १४ वर्षको अभ्यास,संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिह्न उठेको छ । यो अवस्थामा ताजा जनादेश उपयुक्त छ ।

थापाले निरन्तर ताजा जनादेशको पक्षमा आफ्नो अभिव्यक्ति दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर