प्रदेश १ का सभामुख भन्छन्ः नेकपा झगडा दलको हो, सचिवालयले निचोड दिंदैन – Nepal Press

प्रदेश १ का सभामुख भन्छन्ः नेकपा झगडा दलको हो, सचिवालयले निचोड दिंदैन

विराटनगर । दुई तिहाइ सदस्य भएको प्रदेश १ को नेकपा संसदीय दलमा भएको लफडामा संसद सचिवालयले निचोड दिन नसक्ने सभामुख प्रदीप भण्डारीले बताएका छन् ।

बिहीबार नेकपाको ओली पक्षले भीम आचार्यलगायतका १५ सांसदलाई संसदीय दलबाट कारबाही गरेको छ । प्रचण्ड–माधव समूहले भने शेरधन राईलाई हटाएर आचार्यलाई दलको नेता बनाएको घोषणा गरेको छ।

सभामुख भण्डारी नेकपा प्रदेश १ लफडामा तटस्थ देखिएका छन् । उनी भन्छन्– एक पक्षले अर्को पक्षलाई कारबाही गरेको छ । त्यो संसदीय दलको कुरा हो। योसँग संसद सचिवालयले केही गर्न सक्दैन । सदन खुलेपछि दुवै पक्ष संसदीय दलको नियमअनुसार अघि बढ्न सक्नेछन् ।

दुई पक्षकै निर्णय सचिवालयमा दर्ता भएको भण्डारीले जानकारी दिए । साउन ९ गते स्थगित भएको प्रदेशसभा माघ ७ मा बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर