संवैधानिक परिषद्को निर्णय संसदमा, अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिश – Nepal Press

संवैधानिक परिषद्को निर्णय संसदमा, अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिश

काठमाडौं । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिश भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको छ ।

संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिश भएको छ ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

One thought on “संवैधानिक परिषद्को निर्णय संसदमा, अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिश

Leave a Reply to Name Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर