शनिश्चरेका सुकुम्बासी – Nepal Press
शनिश्चरेका सुकुम्बासी

शनिश्चरेका सुकुम्बासीको पीडा: माटोमा पसिना आफ्नो, पुर्जा अर्कैको

रामबहादुर लिम्बूको परिवारले मोरङको पथरी शनिश्चरे ९ कुसेमा बसोबास गरेको ४३ वर्ष भयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट परिवारसहित तराई झरेका ८५ वर्षीय लिम्बूको परिवार २०३५ सालदेखि त्यस ठाउँमा बसोबास गर्दै आएको छ । तर, वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको १० कट्ठा जग्गाको धनीपुर्जा लिम्बूसँग छैन ।