बेलायत राजदुत – Nepal Press
बेलायत राजदुत

पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् । संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरिएको राष्‍ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका रेग्मीलाई सोही दिनको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिको लागि राष्‍ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।