प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं – Nepal Press

प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं

जनकपुरधाम । व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय नसच्याए आफूले नै आवश्यक कदम चाल्ने मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् ।

मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई/मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको कवचको रूपमा रहेको र जनता प्रतिवर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारको निर्णयलाई अदूरदर्शी निर्णयको संज्ञा दिँदै राउतले ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको प्रदेश २ को सम्पूर्ण भू-भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने दावी गरेका छन् ।

 


प्रतिक्रिया

One thought on “प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं

  1. के चुरेकाे कुरा गर्नुहुन्छ , तपाईंको प्रदेशमा हाेईन अनधिकृत नदिदाेहनकाे अावाज उठाउनेकाे हत्या भाकाे , तेस्काे के भयाे ।तराईमा दाेहा भाशाे नदेख्नेले चुरे संरक्षणकाे धम्कि दिन सुहाउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *