जिल्ला प्रशासन दाङ अगाडि कांग्रेसकै नेताहरुकाे गुण्डागर्दी, रक्ताम्मे हुनेगरी चोट – Nepal Press

जिल्ला प्रशासन दाङ अगाडि कांग्रेसकै नेताहरुकाे गुण्डागर्दी, रक्ताम्मे हुनेगरी चोट

दाङ । जिल्ला प्रशासन कार्यालय दाङकै अगाडि नेपाली कांग्रेसका नेताहरुले एक जना व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

घोराही १५ निवासी ३९ वर्षीय विष्णुप्रसाद भण्डारीलाई सामान्य लेनदेन विवादमै हातपातसहित कुटपिट गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि घोराही १५ निवासी ४० वर्षीय केशव नेपाली र तरुण युवा सदस्य सोही ठाउँ निवासी अभिमन्यु गिरीले राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै सार्वजनिक स्थलमा भण्डारीलाई कुटपीट गरेर घाइते बनाएका हुन् ।

एक लाख ५० हजार रुपैयाँ सापटीवापत दिएको रकम माग्नेक्रममा आफूमाथि कुटपीट भएको भण्डारीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । अभियुक्त गिरीमाथि यसअघि पैसाकै लेनदेनमा व्यक्ति अपहरण गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले नेपालि र गिरीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएको जानकारी दिए । उनले दुवैजना फरार रहेकाले खोजी कार्य जारी रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर