काठमाडौं महानगरको नवीनतम योजना- एक वर्षमा १५ हजारलाई सीप, ५ हजारलाई रोजगारी (भिडिओ) – Nepal Press

काठमाडौं महानगरको नवीनतम योजना- एक वर्षमा १५ हजारलाई सीप, ५ हजारलाई रोजगारी (भिडिओ)

सुनीता डंगोल भन्छिन्- रोजगारदाता र बेरोजगारबीचको खाडल पुर्न पुल बन्नेछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनीता डंगोलले मेला र यसको फाइदाबारे जानकारी दिइन् ।

उनले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सीप सिकाइने बताएकी छन् । टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा सहभागी गराइने यो संख्या २०८१ सालको संकेत हो ।

पेशागत तालिमको सूचीमा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितलगायतका क्षेत्रसम्म छन् ।

‘यसवर्ष कम्तीमा १५ हजारलाई तालिम दिने र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य छ’, डंगोलले भनिन् ।

उपमेयर डंगोलले भनिन्, ‘हामीले दिनदिनै काम पाइएन भन्ने सुन्छौं । रोजगारदाताहरू पनि जनशक्ति पाएन भन्नुहुन्छ । बजारमा यो ठूलो खाडल छ त्यसलाई पुर्न रोजगारीकै लागि तालिम दिन लागेका हौं । हामीले पुलको भूमिका निभाउँदै छौं । साथै सडक व्यवसायीलाई पनि प्राथमिकता राखेका छौं ।

महानगरले युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर