सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो – Nepal Press

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटाभन्दा बढी मोडलहरु रहेका छन् । तसर्थ, ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ ।

तराइमा अत्याधिक गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको छ ।

ग्राहकवर्गहरुलाई सजिलो पहुच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरुमार्फत बिक्री वितरण गर्दै आएको छ । साथै बिक्रीपछिको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर