कर्णाली सरकारले आज पूर्णता पाउने, नयाँ मन्त्रीमा यी अनुहार आउने – Nepal Press

कर्णाली सरकारले आज पूर्णता पाउने, नयाँ मन्त्रीमा यी अनुहार आउने

सुर्खेत । कर्णालीका आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । गठबन्धनमा रहेका नेकपा एमाले र माओवादीबाट गरी ६ जनालाई शपथ गराउन लागिएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

मन्त्री हुनेहरुमा माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् ।

यस्तै एमालेबाट दैलेखका विनोद शाह र डोल्पाका शेरबहादुर बुढा मन्त्री बन्दैछन् । एकजना मन्त्रीको नाम टुंगिन बाँकी रहेको बताइएको छ ।

८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिंह परियार मन्त्री भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर